(Sunday , 24 November,2024)

पशुपति कोटिहोम महायज्ञमा निःशुल्क स्वयंसेवा गर्ने स्वयमसेवक बढदै

NepalNewsLine

NepalNewsLine

ललितपुर । आगामी श्रावण महिना भर सञ्चालन हुने यही साउन १ गतेबाट ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञ सुभारम्भ हुने मिति नजिकिदै गर्दा आयोजक श्री मानव सेवा फाउण्डेसन नेपालले आफ्नो तयारीलाई तिब्र गतिका साथमा अगाडी बढाएको देखिएको छ ।

आयोजक संस्था जसरी तातिएको छ त्यस्तै अन्य सामाजिक तथा धार्मिक संघसस्थाहरु पनि तातिरहेका छन । अथवा आयोजक संस्थाको यस पूण्य र ऐतिहासिक कार्यका लागि हर तरहबाट आ-आफ्नो तरिकाले सहयोग गरिरहेका छन । 

अहिले उपत्यका भित्रका सामाजिक तथा धार्मिक संघसस्थाहरुमा आबद्ध रहेका व्यक्तिहरु कार्यक्रम परिसरमा उपस्थित भई निःशुल्क स्वयंसेवा गरिरहेको आयोजक समितीले जानकारी दिएको छ । 

कार्यक्रम स्थल वनकाली हंसमण्डप,कैलाशडाँडा लगायत पशुपति क्षेत्र सरसफाईको कार्य देखि लिएर पण्डाल निर्माण र हवन कुण्ड निर्माण लगायतको कार्यमा निःशुल्क स्वयंसेवा गर्ने व्यक्ति तथा सामाजिक संस्था बढदै गइरहेको आयोजकको भनाई रहेको छ । 

उपत्यकाबाट अहिले दैनिक समूहका पधादिकारीहरु तथा व्यक्तिगत रुपमा सयौंको संख्यामा सहभागी भएर सेवा प्रदान गरिरहेका छन् । त्यस्तै उपत्यका बाहिरबाट पनि सेवा गर्न चाहनेको संख्या उल्लेख्य रहेको आयोजकले जानकारी दिएको छ ।

यसरी स्वयंसेवकको भूमिका निर्वाह गर्ने व्यक्ति या संस्थाहरुलाई आयोजक मानव सेवा फाउण्डेसनले कार्यक्रमको समयमा प्रशंसा पत्रले सम्मान गर्ने कार्यक्रम राखेको छ ।

 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal