(Sunday , 12 May,2024)

एनआरएनए कार्यालयमा तनाव, आरके शर्मासहितका अभियन्ताहरुमाथि हातपात

NepalNewsLine

NepalNewsLine

१४ कार्तिक, काठमाडौँ - गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष आरके शर्मासहितका अभियन्ताहरुमाथि हातपात भएको छ । संघको बालुवाटारस्थित कार्यालयमै शर्मालगायतमाथि हातपात र अभद्र व्यवहार भएको हो ।

घटनामा बेल्जियम निवासी अभियन्ता तथा पत्रकार ओम शर्माको दाँतमा चोट लागेको बताइएको छ । अन्यलाई भने कुनै चोट भने नलागेको बताइएको छ । 

संघका अध्यक्ष आरके शर्माले कार्यालयमा जाँदा त्यहाँ उपस्थित भएका युवासंघका कार्यकर्ताहरुले आफूहरुमाथि हातपात र अभद्र व्यवहार  गरेको  बताए । उनले आफू घटनाका बीच उम्किन सफल भएपनि  अन्य अभियन्ताहरुमाथि पनि थप हातपात भएको बताए । 

संघकै सभाहलमा बद्री केसी पक्षले एमाले नेता महेश बस्नेतसहित उपस्थित युवासंघको कार्यक्रम चलिरहेका बेला आरकेसहितका अभियन्ता संघको कार्यालयमा पुग्दा घटनाभएको हो । 

‘हामीमाथि युवासंघबाट आक्रमण भएको छ । यो अन्तयन्त निन्दनीय छ’, उनले भने ।

घटनापछि संघको कार्यालयमा अहिले प्रहरी पुगिसकेको बताइएको छ भने तनावको अवस्था रहेको छ । घटनापछि महेश बस्नेतसहिका युवासंघका कार्यकर्ता बाहिरिएका थिए ।

संघको ११ औँ महाधिवेशनमा बद्री केसी निर्वाचित भएपछि  अध्यक्षका प्रत्याशी आरके शर्मा र महेश श्रेष्ठले मतपरिणाम स्वीकार गरेका छैनन् । बद्रीलाई अध्यक्ष अस्वीकार गर्दै शर्माको नेतृत्वमा एनआरएनएको नयाँ कार्यसमिति तय भएको छ ।

शर्माले आफूलाई आधिकारिक दाबी गर्दै आएपनि कार्यालयमा प्रवेश पाएका छैनन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal