(Saturday , 11 May,2024)

काठमाडौंको गोठाटारमा चल्यो गोली, भारतीय नागरिकसहित दुई जना पक्राउ  

NepalNewsLine

NepalNewsLine

१५ कार्तिक, काठमाडौं - काठमाडौंको गोठाटारमा गोली चलेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले २०० ग्राम ब्राउनसुगर र हतियारसहित एक नेपाली र एक भारतीय नागरिकलाई गोलि हानेर नियन्त्रणमा लिएको हो।

लागूऔषध कारोबारी भारतीय नागरिक मोहमद करिमलाई समात्न खोज्दा प्रहरीलाई आक्रमण गर्न खोजेपछि प्रहरीले गोली चलाएको थियो । करिमको दाहिने तीघ्रामा गोली लागेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रहरीले उनको साथबाट दुई सय ग्राम खैरो हेरोइन र तराजु बरामद गरेको छ । उनीसँगै नेपाली नागरिक हर्क लिम्बु पनि पक्राउ परेको प्रहरीले जनाएको छ । यसअघि २८ जेठमा पनि प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले गोली हानेर एक जना लागूऔषध कारोबारीलाई समातेको थियो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal