(Saturday , 28 September,2024)

कपनबाट ६ किलो सुन र ४८ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ

NepalNewsLine

NepalNewsLine

काठमाडौं । करिब ६ किलो सुनसहित एक चिनियाँ नागरिकलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ ।

सीआईबीले कपनबाट ६ किलो सुन र ४८ लाख रुपैयाँसहित आइतबार राति एक चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । पक्राउ परेका चिनियाँ नागरिकको विवरण सीआईबीले खुलाएको छैन ।

सुनको तौल परीक्षणको काम बाँकी नै रहेको भन्दै सीआईबीले अहिलेसम्म केही पनि विवरण सार्वजनिक नगरेको हो । पक्राउ परेका चिनियाँ नागरिक यसअघि पनि सुन तस्करीमा संलग्न रहेर प्रहरीको खोजी सूचीमै रहेको व्यक्ति रहेको सीआईबी स्रोतले  जानकारी दिएको छ ।

त्यसैगरी सुन तस्करीमा संलग्न भएको आरोपमा भारतको दिल्लीमा २ जनालाई पक्राउ गरिएको छ । पक्राउ परेकाहरुलाई नेपाल ल्याउने तयारी भइरहेको सीआईबी स्रोतले जानकारी दियो । दास्रो चरणको अनुसन्धान लगभग अब पूरा भएको सीआईबीले जनाएको छ ।

कपनबाट अहिले बरामद भएको सुन १ किलो लेखिएको ६ थान रहेको छ । उक्त सुन ६० किलो र विद्युतीय चुरोट ९भेप०मार्फत नभई स्थलमार्गबाट तस्करी भएर आएको हुनसक्ने सीआईबीले जनाएको छ ।

सीआईबीले अहिले भेपमार्फत तस्करी भएको ९ किलो सुन र राजश्व अनुसन्धान विभागले बरामद गरेको ६० किलो सुनको अनुसन्धान गरिरहेको छ । सो क्रममा अहिलेसम्म पक्राउ पर्नेको संख्या २० पुगेको छ ।

तस्करीको सुनको कारोबार सजिलो नेपाल र पेवल मोबाइल भुक्तानीमार्फत भएको आरोपमा ७ जना पक्राउ परेका छन् भने सुन तस्करीकै संलग्न भएको आरोपमा १३ जना पक्राउ परेका छन् ।

जसमध्ये २ जना दिल्लीबाट काठमाडौं ल्याउने तयारी गरिएको छ । बाँकी ११ जना सीआईबीको हिरासतमा छन् । पक्राउ पर्नेहरुमा भारत महाराष्ट्रका सिद्धनाथ अशोक गायकवाड ‘सिद्धार्थ’, भारतकै धिरज दिनेश वैटे, भारत महाराष्ट्रका प्रशान्त गणेश वजवलकार छन् ।

सुरेन्द्रमान श्रेष्ठ, राजु खत्री, बैजनाथ व्रह्मदत्त गोयल, राजु थापा भन्ने प्रेमनाथ सेढाईं, थर्कमान भनिने कान्छा लामा, राजु र टासी भोटे भनेर चिनिने कंगा चासी सीआईबीको हिरासतमा छन् ।

पेवेल प्रालिका अध्यक्ष भीमप्रसाद तिम्सिना, सहायक कार्यकारी अधिकृत प्रज्वल आचार्य, सुरज शमशेर जबरा, सजिलो पेका फुन्सुक डाग्पा अथुप्छाङ खम्पा, सुशील जाकि बन्जा, कश्यप मानन्धर, लालबहादुर कुँवर र अरुण कुमार यादव सीआईबीको हिरासतमा छन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal