(Sunday , 12 May,2024)

बलात्कारको आरोपमा दुई जना पक्राउ 

NepalNewsLine

NepalNewsLine

२३ भाद्र, काठमाडौं -  कञ्चनपुर र झापाबाट बलात्कारको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा कञ्चनपुर, बेलौरी नगरपालिका–२ टेडुवा बस्ने २५ वर्षीय कञ्चन चौधरी रहेको छन् ।

३५ वर्षीया महिलालाई चौधरीले भदौ २० गते राति पीडितकै घरमा गई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्यसैगरी झापा, कनकाई नगरपालिका–३ सुरूङ्गा बस्ने २३ वर्षीय महमद कमाललाई प्रहरीले पक्राउ गरेको छ । 

२२ वर्षीया महिलालाई  विवाह गर्ने आश्वसन देखाई अर्जुनधारा नगरपालिका–११ स्थित सालबाडी जंगलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal