(Sunday , 12 May,2024)

‘विद्यालय शिक्षा ऐन २०८०’ को मस्यौदा एक साताभित्रमा संसदमा पेश हुने

NepalNewsLine

NepalNewsLine

२२ भाद, काठमाडौँ - ‘विद्यालय शिक्षा ऐन २०८०’ को मस्यौदा एक साताभित्रमा संसदमा पेश हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त ऐनको मस्यौदा पारित गर्दै संसदमा पेश गर्ने निर्णय गरेको थियो । 

सोही आधारमा मन्त्रिपरिषद् कार्यालयबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पठाइनेछ । त्यहाँबाट मस्यौदालाई संसद् सचिवालयमा दर्ता गराइने कार्यक्रम छ । 

शिक्षामन्त्री अशोककुमार राईले अब बस्ने संसद् बैठकमा ऐनको मस्यौदा पेश गर्नेगरी तयारी भइरहेको बताए । ‘ऐनको मस्यौदा यो हप्ता संसदमा पेश हुन्छ । त्यहीबाट आवश्यक छलफल गरेर पास हुनेछ ।’ उनले भने । 

यसअघि गत साउन १६ गते बसेको मन्त्रिपरिषद् बैठकले ऐनको मस्यौदा संसदमा पेश गर्ने निर्णय गरेको थियो । मस्यौदामा उल्लेख भएका विभिन्न विषयमा चौतर्फी आलोचना भएको थियो ।

निजी विद्यालय सञ्चालकहरू, शिक्षक संघ संस्था लगायतका सरोकारवाला पक्ष मस्यौदाको विरोधमा उत्रिएका थिए ।

त्यसपछि सरकारले संसद्मा पेश नगरी आवश्यक संशोधनका लागि मन्त्रिपरिषद्कै विधेयक समितिमा फिर्ता पठाइएको थियो । समितिमा आवश्यक संशोधन गरेर मन्त्रिपरिषद् बैठकमा पेश गरिएको थियो ।

सोही आधारमा मन्त्रिपरिषद् बैठकले संसदमा पेश गर्ने निर्णय गरेको हो । 

उक्त ऐनको मस्यौदा अहिले सर्वत्र चासोको विषय बनेको छ । शिक्षा ऐन जारी भएको ५२ वर्षपछि र संविधान जारी भएको ८ वर्षपछि ऐन आउन लागेको हो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal