(Sunday , 12 May,2024)

सुन तस्करी गर्न खडा गरिएको कम्पनी रेडी ट्रेड्र: ३०२ किलो सुन ल्याएको भेटियो, ३ अर्ब ५० करोड बिगो कायम गर्न माग

NepalNewsLine

NepalNewsLine

२७ भाद्र काठमाडौँ-  सुन तस्करी गर्न खडा गरिएको कम्पनी रेडी ट्रेडले ३०२ किलो सुन ल्याएको भेटिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ ।  सीआईबीले रेडी ट्रेडविरुद्ध ३ अर्ब ५० करोड बिगो कायम गरेर अदालतमा मुद्दा दायर गर्न जिल्ला अदालत काठमाडौँलाई राय दिएको छ ।

सीआईबीले लामो अनुसन्धानपछि आफ्नो प्रतिवेदन बुधबार जिल्ला सरकारी वकिलको कार्यालयलाई हस्तान्तरण गर्दैछ । सोही प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दायर गर्नेछ ।  विमानस्थल भन्सार कार्यालयबाट जाँच पास भएको करिब ६१ अवैध सुन रेडी ट्रेडमार्फत ल्याइएको खुलेको थियो । 

सो कम्पनीका मालिक काठमाडौँमा घर बनाउने काममा खटिने दोलखाका दिलीप भुजेलको नाममा दर्ता भएको खुलेको थियो । कम्पनी उनको नाममा दर्ता भएपनि असली मालिक भने अरु नै रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।  प्रहरीले यो प्रकणमा ३२ जना पक्राउ गरेको जनाएको छ । अन्य १८ जना भने अझै फरार रहेका छन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal