(Saturday , 28 September,2024)

सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ, के आउला फैसला

NepalNewsLine

NepalNewsLine

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुने भएको छ । उच्च अदालत पाटनमा यो मुद्दाको सुनुवाइ भइरहेको छ ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा मंगलबार यो मुद्दाको सुनुवाइ भएको थियो । सुनुवाइ नसकिएपछि यो मुद्दा हेर्दाहेर्दैमा राखिएकोमा आज पुनः सुनुवाइ हुने भएको हो ।

यसअघि जिल्ला अदालत काठमाडौंले लामिछानेलाई बलात्कारमा दोषी ठहर गर्दै आठ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो । सोही फैसलाविरुद्ध लामिछाने उच्च अदालत पुगेका हुन् । लामिछानेको सोही पुनरावेदनमा बहस भइरहेको हो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal