(Sunday , 12 May,2024)

शिक्षकहरूसँगको वार्ता सर्‍यो, आन्तरीक छलफलका लागी सरकारले माग्यो समय

NepalNewsLine

NepalNewsLine

५ असोज, काठमाडौं - सरकारले आन्तरिक छलफलका लागि थप समय मागेपछि आन्दोलनरत शिक्षकहरूसँगको वार्ता सरेको छ ।

आज बिहान वार्तामा बस्ने हिजो सहमति भए पनि सरकारी अधिकारीहरू आन्तरिक छलफलमा जुटेपछि बैठक सरेको हो ।

नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मी किशोर सुवेदीले सरकारले समय मागेपछि आफूहरुपनि आन्तरिक छलफल गर्ने बताए।

वार्ताको समय तय भएको छैन । तर साढे ११ बजेसम्म सुरु हुनसक्ने सुवेदीले बताए ।

आजै कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्कासहित, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानूनमन्त्री धनरजा गुरुङ, शिक्षामन्त्री अशोक राई र सञ्चारमन्त्री रेखा शर्माले आन्तरिक छलफल गरेका थिए ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal