(Saturday , 11 May,2024)

‘अभियन्ता ईः’ को धर्ना : गगन थापाको प्रश्नमा, बालेनको उत्तर

NepalNewsLine

NepalNewsLine

८ असोज, काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई अभियन्ता भन्न रुचाउने इशान अधिकारी उर्फ ईः लगायतका केही युवाको धर्नामा राजनीतिक स्वार्थ जोडिएको आशंका गरेका छन् ।

कांग्रेस महामन्त्री गगन थापाले लोकतन्त्रमा जवाफदेहीता हुनुपर्ने भन्दै बालेनसँग वार्ताको लागि आग्रह गरेको भोलिपल्ट मेयर शाहले आफूले उनीहरुको कुरा सुन्न खोज्दा संवादमा नआएको बताएका छन् ।

उनले अभियन्ताहरुको उद्देश्य राजनीतिक रहेको आशंका गर्दै उनीहरुको नेतासँगै वार्ता गर्नुपर्ने हो रु भनी प्रश्न गरेका छन् ।

काठमाडौंका सडक व्यापारीको पक्षमा केही दिनदेखि अभियन्ता भनिने ईःसहित केही व्यक्ति सभागृहअघि उभिएर धर्ना दिइरहेका छन् ।

सोमवार मेयरले उनीहरुलाई वार्तामा बोलाउँदा उनीहरु जान नमानेको बताइन्छ ।

उता अभियन्ता ईःले भने आफूहरुलाई नगर प्रहरीले समय नै नदिई हप्काउने शैलीमा मेयर भएठाउँमा बोलाएको र आधा घण्टा समय माग्दा मेयरको समय छैन भनेर हिँडेको दावी गरेका छन् ।

 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal