(Saturday , 11 May,2024)

 थप शिक्षकहरू आन्दोलनका लागि काठमाडौँ आउँदै

NepalNewsLine

NepalNewsLine

५ असोज, काठमाडौँ - आन्दोलनका लागि थप शिक्षक कर्मचारीहरू काठमाडौं आउन थालेका छन् । विभिन्न जिल्लाहरूबाट शिक्षक कर्मचारी काठमाडौं आउने क्रम निरन्तर चलिरहेको नेपाल शिक्षक महासंघले जनाएको छ । 

विद्यालय शिक्षा विधेयकमा असहमति जनाउँदै शिक्षक कर्मचारीहरू विगत तीन दिनदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् । हजारौंको संख्यामा आन्दोलन गर्दै आएका छन् । ७७ वटै जिल्लाबाट थप शिक्षक कर्मचारी आउने क्रम जारी रहेको महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले बताए । 

आन्दोलन अवधिभर १ लाख ५० हजार शिक्षक काठमाडौंमा उतार्ने महासंघको लक्ष्य छ । हालसम्म ७० हजारको हाराहारीमा शिक्षक कर्मचारीहरूमा आन्दोलनमा रहेको महासंघले दाबी गरेको छ । अझै विभिन्न जिल्लाहरूबाट शिक्षक कर्मचारीहरूले आउने क्रम जारी रहेको सुवेदीले बताए । 

सरकारले विगतमा आफुहरूसँग पटक पटक सहमति गरेको तर, अहिले विधेयक ल्याउने बेला सहमतिलाई बेवास्था गरेको आरोप छ । आफ्नो पेशागत रक्षाका लागि आफुहरू विद्यालय नै बन्द गराएर काठमाडौं केन्द्रित आन्दोलनमा रहेको उनको भनाई छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal