(Saturday , 28 September,2024)

सुकेधारामा भेटिएको शवको पहिचान खुल्यो 

NepalNewsLine

NepalNewsLine

काठमाडौं । काठमाडौं महानगरपालिका-४ सुकेधारामा भेटिएको शवको पहिचान खुलेको छ ।

मृतक खोटाङको हलेसी तुवाचुङ नगरपालिका-७ घर भएका ४४ वर्षीय भीषण गिरी रहेको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

सुकेधारा चोकको रोयल मार्बल नजिकैकको सडकको नालामा उनी मृत अवस्थामा मंगलबार बिहान भेटिएका थिए ।

नालामा घोप्टो परेको अवस्थामा शव भेटिएको थियो । गिरीका आफन्त समेत प्रहरीको सम्पर्कमा पुगिसकेका छन् ।

उनको मृत्युको कारण खुलिसकेको छैन । घटनास्थल मुचुल्काको काम सकेर शव पोष्ट मार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।

गिरीको निधारमा दुई इन्च लामो खत समेत भेटिएको छ ।
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal