(Saturday , 11 May,2024)

 जिबिएस प्राणघातक रोग संग लड्दै तिला गाउँपालिकाका दिपेश परियार, छैन उपचार गर्ने पैसा, गर्दैछन सबैसंग सहयोगको अपिल

NepalNewsLine

NepalNewsLine

काठमाडौँ । जुम्ला तिला गाउँपालिका वडा नं २ का विकल्प परियार (दिपेश) अहिले GBS  जस्तो प्राणघातक रोग संग लडिरहेका छन । उनि भलिबल र एथलेटिक्सका खेलाडी पनि हुन । तर प्राणघातक रोगको संक्रमण पश्चात हस्पिटलको बसाई भएको छ । उनले एस.ई.ई को फर्म पनि भरिसकेका छन । काठमाडौँ टिचिङ हस्पिटलले २०८० भाद्र मा उक्त प्राणघातक रोग प्रमाणित गरिदिएको हो ।

जिबिएस जस्तो प्राणघातक रोगको प्रमाणीत पश्चात IGIF  भन्ने खुराक खानुपर्ने र उक्त खुराक ८ किसिमको रहेको छ । जुन एउटै खुराकको ९० हजार पर्ने गर्दछ । औषधि सेवनको क्रममा ब्लडको संक्रमण पनि हुने हुनाले आईसियुको पनि व्यवस्था गर्नुपर्ने रहेको छ । संगै ७र८ महिना देखि फिजियो थेरापि पनि गरिरहेको छ ।  तर यसको एक चरण भने सकिसकेको छ ।

फिजियो थेरापि वर्ष दिन अथवा अनिश्चितकाल सम्म पनि गर्नु पर्ने हुन सक्छ । रोग पुणै रुपमा निको नहुन्जेल खतरा कायमै रहने भएकोले औषधि लगाएत थेरापि बिचमा छोड्न नमिल्ने उपचारमा संलग्न डाक्टरहरुले बताएका छन । दिपेश हाल महाराजगन्ज स्थित साहारा फिजियो थेरापि अस्पतालमा बिगत ३ महिना देखि उपचार गराईरहेका छन ।

हाल उनको श्वास्थ्यमा क्रमिक सुधार पनि हुदै आएको छ । अबको बाँकी उपचारको लागी भने आर्थिक रुपमा समस्या भएकोले दिपेशले सहयोगको लागि अपिल गरेका छन । 
उनको बारेमा बिस्तृत जानकारी यसप्रकार छ :

बुबा : जनक परियार
बिरामीको नाम : विकल्प परियार (दिपेश)
सम्पर्क नम्बर : ९८४२३६७८८०/९७६५५९४१४०
नबिल बैँक खाता नं : ११८१००१७५००९०७
साथै यदि सहयोग गर्नुभएमा स्क्रिनसट पठाउन पनि अनुरोध गरेका छन । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal