(Saturday , 11 May,2024)

नयाँ बानेश्वरको सडक भासिदा गुड्दै गरेको बस यसरी फस्यो

NepalNewsLine

NepalNewsLine

काठमाडौँ । काठमाडौँको मुख्य सडक नयाँ बानेश्वर चोकको सडक भासिएको छ । सडक भासिँदा गुड्दै गरेको बस फसेको छ ।

नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्ड नजिकै शुक्रबार बिहान गुड्दै गरेको बस एक्कासि भासिएर फसेपछि यात्रुहरू आत्तिँदै ओर्लिएको स्थानीयले बताएका छन् । 

उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र भट्टका अनुसार गुड्दै गरेको बा ३ ख ३७६२ नम्बरको बस सडक भासिँदा पछाडितर्फको चक्का फसेकाले क्रेन मगाएर हटाउने तयारी भइरहेको छ । सो सडक खण्ड यसअघि पनि पटक पटक भासिएको थियो ।  

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal