(Sunday , 12 May,2024)

रौतहटमा श्रोत नखुलेको ६ लाख रुपैयाँसहित एक पुरुष पक्राउ

NepalNewsLine

NepalNewsLine

रौतहट । रौतहटमा सशस्त्र प्रहरीले स्रोत नखुलेको झन्डै ६ लाख नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बंकुलका प्रमुख इन्स्पेक्टर नरेन्द्र कुमार पाटामगर नेतृत्वको टोलीले शनिवार ५ लाख ९४ हजार रुपैयाँसहित परोहा नगरपालिका ८ का दिनेशप्रसाद कुशवाहालाई पक्राउ गरेको हो।

जिल्लाको बौधीमाई नगरपालिका–७ छोटी बंकुल हुँदै भारततर्फ गइरहेको बागमती प्रदेश ०२–०३८ प–५८६७ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा एक हजार दरको ३४२ र पाँच सय दरका ५०४ थान गरी कुल ५ लाख ९४ हजार रुपैयाँ बरामद भएको इन्स्पेक्टर पाटामगरले बताएका छन्।

बरामद रुपैयाँ, मोटरसाइकलसहित ४५ वर्षीय  कुशवाहालाई आवश्यक कारबाहीका लागि जिल्ला  भन्सार कार्यालय गौरमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal