(Saturday , 11 May,2024)

फुटपाथ व्यापारीद्वारा काठमाडौँ महानगर घेराउ 

NepalNewsLine

NepalNewsLine

काठमाडौँ । फुटपाथमा व्यवसाय गरेर जीविकोपार्जन गर्दै आएका व्यापारीहरूले काठमाडौँ महानगरको कार्यालय घेराउ गरेका छन् ।

रत्नपार्कमा भेला भएर फुटपाथ व्यापारीहरू र्‍यालीसहित कमलादीस्थित महानगरपालिकाको कार्यालय घेराउ गर्न पुगेका हुन् ।

‘स्वरोजगार श्रमिकका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन व्यवस्था गर, सडकमा व्यापार गर्नु रहर होइन बाध्यता हो, हामीलाई गरिखान देऊ’, लगायतका प्लेकार्डसहित व्यापारीहरूले प्रदर्शन र घेराउ गरेका हुन् ।

त्यसका साथै उनीहरुले महानगर प्रहरी प्रमुख राजु पाण्डेको सम्पत्ति छानबिनको माग समेत गरेका छन् । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal