(Saturday , 11 May,2024)

चिनियाँ जहाजबारे सम्पूर्ण विवरणसहित समितिमा उपस्थित हुन सरकारलाई निर्देशन

NepalNewsLine

NepalNewsLine

१८ असोज, काठमाडौँ - प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले चिनियाँ जहाजबारे सम्पूर्ण विवरणसहित समितिमा उपस्थित हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ ।  

बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले चिनियाँ जहाजबारे सम्पूर्ण विवरणसहित समितिमा उपस्थित हुन मन्त्रालयलाई निर्देशन दिएको हो । 

बैठकको निर्णय सुनाउँदै समितिका सभापति राजकिशोर यादवले नागरिक उड्डयनसम्बन्धित दुई वटा विधेयकको बारेमा पनि आगामी समितिको बैठकमा पूर्ण जानकारीसहित उपस्थित हुन निर्देशन दिए ।

यादवले मन्त्रालयले समितिलाई चिनियाँ जहाज कसरी नेपाल वायुसेवाको भाग बन्यो भन्नेबारेमा पनि जानकारी गराउनुपर्ने बताए ।  

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal