(Saturday , 23 November,2024)

भारती शेर्पाको मुद्दामा सुनुवाइ सकियो,फैसला आउन बाँकी

NepalNewsLine

NepalNewsLine

१८ असोज, काठमाडौँ - नेपालगन्जका योगराज ढकाल ‘रिगल’को कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध भारती शेर्पाले  सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथिको  सुनुवाइ सकिएको छ । 

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा उक्त मुद्दाको बिहीबार भएको हो । अदालत स्रोतका अनुसार सुनुवाइ सकिए पनि  फैसला आउन बाँकी रहेको छ । 

रिगलले खुँडा प्रहार गरेर नेपालगन्जका चेतन मानन्धरको हत्या गरेका थिए । चेतनकी पत्नी भारती शेर्पाले गत आइतबार रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन् ।

आफ्ना पतिको जघन्य हत्यामा संलग्न ढकालको कैद सजाय माफी मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर गरेर उनलाई फेरि कैदमा पठाउन शेर्पाले माग गरेकी छन् ।

उनले ढकालको कैद मिनाहाको सिफारिस गर्ने जिल्ला कारागार र जिल्ला प्रशासन कार्यालय दाङ, गृह मन्त्रालय, महान्यायाधिवक्ता कार्यालय र कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय पनि बदर गर्न माग गरेकी थिइन् ।

उक्त मुद्दामा बालकृष्ण न्यौपाने लगायतले बहस गरेका थिए ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal