(Sunday , 12 May,2024)

माओवादीको केन्द्रीय समिति बैठक सुरु

NepalNewsLine

NepalNewsLine

१७ साउन, काठमाडौं - नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा बुधबार दिउँसो बैठक सुरु भएको हो ।

बैठकको सुरुवात गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी अहिले पार्टीजस्तो नभएको टिप्पणी गरे ।

उनले गठबन्धन सरकारले जनताको पक्षमा काम गरेको भन्दै उनले केन्द्रीय समिति बैठकले अझ प्रभावकारी बनाउने बताए ।

उनले पार्टी चुनौतीपूर्ण अवस्थामा रहेको भन्दै यसलाई अवसरमा बदल्नुपर्ने बताए । त्यसका लागि कमीकमजोरी स्वीकार्न डराउन नहुने पनि बताए ।

बैठकमा प्रस्तुत हुने राजनीतिक र सांगठनिक प्रतिवेदन अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तयार पारेका छन् ।

अध्यक्षको निर्देशनमा उपाध्यक्षद्वय कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा र उपमहासचिव वर्षमान पुनले राजनीतिक प्रतिवेदनको मस्यौदा बनाएका थिए भने पार्टी महासचिव देव गुरुङ र अर्का उपमहासचिव तथा पार्टी संगठन विभाग प्रमुख जनार्दन शर्माले सांगठनिक प्रतिवेदनको मस्यौदा बनाएका थिए ।
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal