(Saturday , 11 May,2024)

लघुवित्त पीडितले गरे बिजुलीबजारमा सडक जाम

NepalNewsLine

NepalNewsLine

१८ साउन, काठमाडौं - लघुवित्त पीडितहरुले काठमाडौंको बिजुलीबजारमा सडक बन्द गरेका छन् ।

बिजुलीबजारको पुलमा उनीहरु धर्ना बसेका कारण बानेश्वर माइतीघर सडक खण्डमा गाडी प्रभावित भएका छन् ।

लघुवित्त पीडितहरूले लघु वित्तीय संस्था खारेजीलगायतका ५ बुँदे माग अघि सार्दै प्रदर्शन गर्दै आएका छन् ।

यसअघि उनीहरूले साउन १० गते नयाँ बानेश्वरमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो ।

त्यसको भोलिपल्ट अर्थ मन्त्रालयले सह(सचिव भूपाल बरालको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो ।

तर, पीडितहरूले आन्दोलनका कार्यक्रम जारी नै राखेका छन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal