(Sunday , 12 May,2024)

सामाजिक सञ्जालमा भाईरल भिडियोमा देखिएका अर्जुनधाराका स्वास्थ्य शाखा प्रमुख बस्नेत लाई जिम्मेवारीबाट हटाईयो 

NepalNewsLine

NepalNewsLine

१२ असोज, काठमाडौं - झापाको अर्जुनधारा नगरपालिकाले स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतलाई जिम्मेवारीबाट हटाएको छ ।

‘जंगलमा डेटिङमा जाँदा श्रीमतीले फेला पारेको’ भन्दै बस्नेतमाथि उनकै श्रीमतीले गाली गर्दै लछारपछार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि नगरपालिकाले बस्नेतलाई स्पष्टीकरण समेत सोधेको छ ।

नगर प्रमुख बलदेवसिंह गोम्देनको निर्देशन अनुसार बस्नेतलाई ३ दिनभित्र स्पष्टीकरण बुझाउन भनिएको प्रमुख प्रशासकीय अधिकृत त्रिलोचन रिमालले बताए ।

‘घटना समाजिक सञ्जालमा आएको देखिएको छ, त्यो घटना के हो भन्ने पनि थाहा छैन, ‘तर, नैतिक प्रश्न उठेकाले स्पष्टीकरण सोधेका हौं,'  उनले भने ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal