(Saturday , 11 May,2024)

काठमाडौंमा दिनदहाडै  ५ लाख नगद चोरियो

NepalNewsLine

NepalNewsLine

१९ भदौ, काठमाडौं - काठमाडौंमा दिनदहाडै ५ लाख रुपैयाँ नगद चोरी भएको छ । काठमाडौं महानगरपालिका-१६ माछापोखरी कुमारीस्थानको मूल सडकबाटै दिनेशकुमार श्रेष्ठको ५ लाख रुपैयाँ नगद, चेक र कागजपत्र सहितको झोला चोरिएको हो ।

बिहान करिब ९ बजेको समयमा रोकी राखिएको गाडी भित्रबाट झोला चोरिएको श्रेष्ठले बताए । बैंकमा रकम जग्मा गर्न जान लाग्दै गर्दा रकम चोरी भएको श्रेष्ठको दाबी छ । उनी खुद्रा व्यापार गर्छन् ।

‘गाडीमा झोला राखेर पसलतर्फ फर्किंदा नगदसहितको झोला चोरी भयो,’ श्रेष्ठले भने, ‘झोलामा ५ लाख जति नगद, पसलका कागजपत्र र केही चेकहरु थिए ।’

चोरी गर्ने व्यक्ति नजिकैको सीसी टिभीमा कैद भएको भन्दै उनले त्यो पनि सार्वजनिक गरेका छन् । सार्वजनिक भएको सीसी टिभी फुटेजमा कालो ट्राउजर र फिक्का हरियो टिसर्ट लगाएका युवाले गाडीबाट झोला झिकेको देखिन्छ ।

घटनाबारे महानगरीय प्रहरी कार्यालय बालाजुलाई जानकारी गराइएको पीडित श्रेष्ठले बताए । बालाजुका प्रहरी प्रमुख मनोजित कुवँरले घटनाबारे आफुलाई जानकारी भइनसकेको बताए । ‘उजुरी दर्ता भएको होला, प्रक्रियागत रुपमा सूचना आएपछि हामी खोजतलास गर्छौं’ केसीले बताए  ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal