(Saturday , 11 May,2024)

स्वास्थ्यमन्त्री बस्नेत इजिप्ट प्रस्थान

author

Anonymous

१८ भदौ, काठमाडौँ स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत आज इजिप्ट प्रस्थान गरेका छन् ।

भोलिदेखि इजिप्टको कायरोमा सुरु हुन लागेको जनसङ्ख्या, स्वास्थ्य तथा विकाससम्बन्धी विश्व सम्मेलनमा भाग लिन मन्त्री बस्नेत आज इजिप्ट प्रस्थान गरेको उनका प्रेस संयोजक रामचन्द्र दुलाले जानकारी दिए ।

उनका अनुसार इजिप्टमा मन्त्री बस्नेतले सम्मेलनलाई सम्बोधन गर्नुका साथै इजिप्टका स्वास्थ्यमन्त्रीसँग दुई पक्षीय बैठक तथा दक्षिण पूर्वएसियाका स्वाथ्यमन्त्रीसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ । उनको साथमा मन्त्रालयका सचिव विकास देवकोटा समेत रहेका छन् ।

मन्त्री बस्नेत यही भदौ २४ गते स्वदेश फर्किनु हुने कार्यक्रम छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal