(Sunday , 12 May,2024)

 एसिया कप हेर्न बालेन शाह श्रीलंका जाँदै

NepalNewsLine

NepalNewsLine

१७ भाद्र, काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह एसिया कप हेर्न श्रीलंका जाँदै छन् ।

उनी हिमालयन एयरलाइन्सको उडानमार्फत दिउँसो श्रीलंका जान लागेका हुन् ।

एसिया कपअन्तर्गत सोमबार नेपाल र भारको खेल हुँदैछ ।

उक्त खेलमा नेपाली खेलाडीको हौसला बढाउन बालेन श्रीलंका जान लागेका हुन् ।

समूह एमा रहेको नेपाल बुधबार भएको पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो ।

यही समूहमा रहेका भारत र पाकिस्तानले भने वर्षाले खेल रद्द हुँदा अंक बाँडेका छन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal