(Sunday , 12 May,2024)

सुन तस्करीको सूचना सङ्कलन गर्न एसएसपी आचार्य हङकङमा

NepalNewsLine

NepalNewsLine

१३ भाद्र, काठमाडौँ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको ६० किलो सुनबारे अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरोका वरिष्ठ उपरीक्षक हङकङ पुगेका छन् । अन्तर्राष्ट्रिय प्रहरी संगठन ९इन्टरपोल०को समन्वयमा एसएसपी दिनेश आचार्य हङकङ गएका हुन् ।

प्रहरी वरिष्ठ उपरीक्षक आचार्य गएराति हङकङ प्रस्थान गरेको केन्द्रीय अनुसन्धान ब्यूरोका एकजना अधिकृतले बताए । हङकङबाटै तस्करी गरेर ल्याएको ६० किलो ७ सय १६ ग्राम सुन राजस्व अनुसन्धान विभागले साउन ३ मा बरामद गरेको थियो । विभागले अनुसन्धानको जिम्मेवारी साउन २१ मा सीआईबीलाई हस्तान्तरण गरेको थियो ।

इन्टरपोल हङकङसँग सहकार्य गरेर त्यहाँबाट सुन पठाउने गिरोहको सूचना सङ्कलन गर्न आचार्य हङकङ गएका हुन् । अनुसन्धानका लागी प्रहरीले इन्टरपोलको सहयोग माग्दै यसअघि नै पत्राचार गरेको थियो । नेपालमा पछिल्लो समय हङकङ  र दुबईबाट सुन तस्करी हुने गरेको अनुसन्धानबाट थाहा भएको छ । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal