(Sunday , 12 May,2024)

त्रिविको भीसी कार्यालय अगाडि नेविसंघको हवन

author

Anonymous

१३ भदौ, काठमाडौं । नेपाली का‌ग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले इन्जिनियरिङ शिक्षाको शुल्कवृद्धिको विरोधमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति कार्यालयमा विरोध प्रदर्शन गरेको छ ।

इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले गरेको शुल्कवृद्धि विरुद्ध र अनशनरत नेविसंघ नेता सुलभ चापागाईंको जीवन रक्षाका लागि भीसी कार्यालय अगाडि हवन गर्दै सांकेतिक विरोध गरेको हो ।

विरोध कार्यक्रममा बोल्दै नेविसंघका केन्द्रीय सदस्य मदन उपाध्यायले नेपाल विद्यार्थी संघले इन्जिनियरिङको आइटी सेक्टरको फीलाई घटाउनुपर्छ भनेर सन्देशमुलक आन्दोलन गरेको बताए ।

‘बालुवाटारमा प्रधानमन्त्री निवास, पुलचोक क्याम्पसमा आन्दोलन गर्‍यौं । हाम्रो निदाएको भिसी ब्यूँझनुपर्छ, उहाँको दिमागमा पोजेटिभ भाइब्रेट हुनुपर्छ, फी घटाउन उहाँले आनाकानी गरिरहनुभएको छ । उहाँलाई आज सन्देश दिनका लागि हामीले हवन गरेका हौं’, उनले भने ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal