(Saturday , 11 May,2024)

पुल्चोक इन्जिनियरिङ कलेजमा अनशन समर्थक समूहको प्रदर्शन

author

Anonymous

१२ भदौ, काठमाडौं। इन्जिनियरिङमा भएको शुल्क वृद्धिको विरुद्ध अनशन समर्थक समूहले प्रदर्शन गरेका छन् ।

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहको शुल्क वृद्धि गरेको शुल्क फिर्ताको माग नेपाल विद्यार्थी संघ (नेविसंघ) निकट आमरण अनसन समूहले प्रदर्शन गरेका हुन् ।

उनीहरूले इन्जिनियरिङ अध्ययन संस्थानको भीसी, डीन, कानुन र न्‍यायको शव यात्रा निकालेका छन् । शव यात्रा निकाल्‍ने क्रममा प्रहरीले उनीहरूको प्रदर्शनमा हस्तक्षेप गरी त्यही रोकेको छ 

शुल्क वृद्धिको विरोधमा नेविसंघका विद्यार्थी नेता पनि आमरण अनसनमा बसिरहेका छन् । यस्तै समाजवादी मोर्चा निकटका विद्यार्थीहरू अखिल (क्रान्तिकारी) केन्द्रीय उपाध्यक्ष केशव रावल, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय उपमहासचिव रसना यादव र अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य प्रेम सिंहले आमरण अनशन बसेका छन् ।

त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहका लागि तीन लाख १८ हजारबाट बढाएर ७ लाख ७७ हजार पुर्‍याइएको छ ।

उनीहरूले शुल्क वृद्धिको विरोधमा आमरण अनसनमा बसिरहेका छन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal