(Sunday , 12 May,2024)

पीडित परिवारलाई २२ लाख क्षतिपूर्ति, चिकित्सकलाई कारबाही गर्न सिफारिस

author

Anonymous

१२ भदौ, धनगढी । स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल, धनगढी उपचारका क्रममा मृत्यु भएका एक बिरामीको परिवारलाई २२ लाख रुपैयाँ क्षतिपूर्ति दिन तयार भएको छ । यससँगै मृतकको परिवारले शव बुझेका छन् ।

कञ्चनपुर, बेलौरीका ५५ वर्षीय ऐजनलाल चौधरीको स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार अस्पताल भर्ना भएका थिए । त्यसक्रममा उनको बायाँ मृर्गौलामा दुई वटा र दायाँ मिर्गौलामा एउटा पत्थरी निकाल्न शल्यक्रिया गरिएको थियो ।

शल्यक्रियापछि रक्तश्राव रोकिएन मृर्गौलामा आन्तरिक रक्तश्राव भएको भन्दै आफन्तको सहमतिमा डाक्टरले मृर्गौला झिकेका थिए । मृर्गौला झिकेपछि रक्तश्राव रोकिएको भनिए पनि चौधरीको सोमबार भेन्टिलेटरमा उपचारकै क्रममा मृत्यु भएको थियो ।

चौधरीको मृत्यु भएपछि उचित क्षतिपूूर्ति र चिकित्सकलाई कारबाहीको माग गर्दै आफन्त आन्दोलित भएका थिए । क्षतिपूूर्ति वापत एक करोड रुपैयाँ दिनुपर्ने उनीहरुको माग थिो । सोमबार राति २२ लाख रुपैयाँमा सहमति जुटेको छ ।


‘उहाँहरुले एक करोड रुपैयाँ माग गर्नुभएको थियो, तर त्यति ठूलो रकम दिन सक्ने अवस्था थिएन’ अस्पताल स्रोतले भन्यो, ‘अबेर राति २२ लाखमा सहमति भयो । सहमतिअनुसार उहाँहरुलाई पैसा दिएपछि शव बुझेर लैजानुभयो ।’

स्रोत अनुसार अस्पतालले छोराको पढाइ र छोरीको बिहेका लागि १० र १२ लाखको चेक उपलब्ध गराएको छ ।

मृतकका भतिज राजकुमारले भने अस्पतालले चेक उपलब्ध गराएको स्वीकार गरेका छन् । शल्यक्रियामा संलग्न डाक्टर जोनेश तिवारीलाई कारबाहीका लागि सिफारिस गर्ने सहमति पनि भएपछि आफूहरुले शव बुझेको उनले बताए ।

अस्पतालले भने चौधरीको मृत्युको कारणबारे विज्ञप्तिमार्फत आधिकारीक धारणा सार्वजनिक गर्ने बताएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal