(Saturday , 11 May,2024)

भरतपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. शिवजी पौडेल नियुक्त

author

Anonymous

११ भदौ, चितवन ।  भरतपुरस्थिति बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. शिवजी पौडेल नियुक्त भएका छन् ।

अस्पताल सञ्चालक समितिले गठन गरेको सिफारिस उपसिमितले डा. पौडेलसहित डा। कृष्णसागर शर्मा र डा. प्रदीप न्यौपानेको नाम सिफारिस गरेको थियो ।

अस्पताल सञ्चालक समितिले उनीहरु मध्येबाट डा पौडेलको नाममा सर्वसम्मत निर्णय गरेको सञ्चालक समिति सदस्य डा. अनिलविक्रम कार्कीले जानकारी दिए ।

अस्पताल सञ्चालक समितिले अस्पतालको कार्यकारी निर्देशक नियुक्तिका लागि डा. मदन उपाध्याय, डा. प्रदीप ज्ञवाली र डा. दिनेश विश्वकर्मा सदस्य रहेको तीन सदस्यीय सिफारिस उपसमिति गठन गरेको थियो ।

कार्यकारी निर्देशकमा नियुक्त डा। पौडेल क्यान्सर अस्पतालका ‘रेडियसन अंकोलोजिष्ट’ हुन् । उनी नेपाल मेडिकल काउन्सिलका उपाध्यक्षसमेत छन् । निवर्तमान कार्यकारी निर्देशक डा. देजकुमार गौतमको कार्यकाल गत चैत २५ गते समाप्त भएपछि अस्पतालमा कार्यकारी निर्देशक पद रिक्त थियो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal