(Saturday , 11 May,2024)

सबै मुख्यमन्त्री र प्रदेश प्रमुखलाई काठमाडौंमा सरकारी आवास, आज हस्तान्तरण

author

Anonymous

१० भदौ, काठमाडौं । सरकारले सात वटै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखहरुलाई काठमाडौंमा सुविधासम्पन्न आवास भवन तयार गरेको छ । सहरी विकास मन्त्रालय अन्तरगतको विशेष भवन निर्माण आयोजनाले ललितपुरको भैंसेपाटीमा प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि तयार गरेको सरकारी निवास आज आइतबार हस्तान्तरण गर्दैछ ।

दिउँसो आयोजनाले यी भवन हस्तान्तरण गरेपछि प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुले काठमाडौं आउँदा यिनै भवनमा बस्न पाउनेछन् । आयोजना प्रमुख मचाकाजी महर्जनका अनुसार करिब ७० करोड रुपैयाँभन्दा बढीको लागतमा ७ वटा भवनसहित १४ वटा ब्लकहरु बनाइएको छ ।

यी भवनमा मुख्यमन्त्री र प्रदेश प्रमुख आफ्नो सम्पर्क कार्यालय समेत राख्न सक्ने गरी भवन डिजाइन गरिएको छ । लबी, बैठक कक्षदेखि योग गर्न विशेष कक्षसम्म राखेर भवनहरु तयार गरिएका हुन् । शयन कक्षदेखि भान्साकोठासम्म पनि छन् ।

हाल प्रदेश प्रमुख र मुख्यमन्त्रीहरु काठमाडौं आउँदा बस्ने गरी सरकारले अपार्टमेन्टमा भाडामा लिएको छ । भैंसेपाटीमा संघीय मन्त्रीसहित राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्षका लागि समेत छुट्टा-छुट्टै भवन बनाइरहेको छ

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal