(Sunday , 12 May,2024)

सन्दीपको मुद्दा पण्डितको इजलासमा

author

Anonymous

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनवाइ आजदेखि सुरु हुँदै छ ।

गौशाला २६ ले बलात्कारको आरोप लगाएको मुद्दामा आजदेखि काठमाडौँ जिल्ला अदालतमा नियमित सुनुवाइ हुन लागेको हो । उक्त मुद्दा १५ नम्बर इजलासमा परेको छ

उक्त इजलास प्रकाशप्रसाद पण्डितको नेतृत्वमा रहेको छ । पटक पटक पेशी सर्दै आएको मुद्दाका कारण सन्दीप लामिछाने एसिया कप क्रिकेटका लागि पाकिस्तान जान पाएका छैनन् ।

उनको पक्षमा फैसलामा आएमा एसिया कपका लागि जाने तयारी भने गरेको बुझिएको छ ।

सन्दीपको मुद्दा आज पाँचौँ नम्बरमा परेको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal