(Sunday , 12 May,2024)

इटहरीमा पनि हिन्दुवादीहरूको बृहत् प्रदर्शन

author

Anonymous

सुनसरी ।  हिन्दुवादीहरूले सुनसरीको इटहरीमा पनि प्रदर्शन गरेका छन् । उनीहरुले धरानमा भएको गौहत्याको विरोधमा शनिवार प्रदर्शन गरेका हुन् ।

इटहरीमा पनि उनीहरूले गणतन्त्र तथा वर्तमान सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् । 

प्रदर्शनपछि इटहरीको उत्तर तरहरास्थित धरान जाने सडक अहिले सुनसान छ । तरहराबाट धरान प्रवेश मार्गमा प्रहरीले उच्च सतर्कता अपनाएको छ ।

यता, स्थानीय प्रशासनले धरानका विभिन्न स्थानमा शुक्रवार नै राति देखिनै निषेधाज्ञा नै जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गरेको हो

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal