(Sunday , 12 May,2024)

सीटीईभीटीका ४९ कलेजले डिप्लोमा तथा प्रमाणपत्र तहको सिट पाएनन्

author

Anonymous

८ भदौ, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) बाट सम्बन्धनरस्वीकृति प्राप्त ४९ कलेज २०८०र०८१ को डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षाका लागि सिट पाउनबाट बञ्चित भएका छन् ।

सीटीईभीटीले एक सूचना प्रकाशित गर्दै स्वास्थ्यतर्फको शिक्षण संस्थाहरुको चिकित्सा शिक्षा आयोगबाट ४९ कलेजको सिट स्वीकृत नभएको जनाएको छ ।

आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीईभीटी) अन्तर्गतका १९६ वटा कलेजका लागि विभिन्न विषयमा सिट निर्धारण गरेको छ ।

आयोगले सीटीईभीटीलाई पठाएको विवरणका आधारमा सिट निर्धारणका विषयमा निर्णय गरेको हो ।


आयोगको बैठकले सीटीईभीटी अन्तर्गतका नर्सिङ, सामान्य चिकित्सा, ल्याब टेक्नोलोजी, रेडियोग्राफी, फार्मेसी लगायतका विषयको सिट निर्धारणका विषयमा निर्णय गरेको हो ।

सिट निर्धारण नभएको कार्यक्रम अन्तर्गत कोशी प्रदेशमा ७, मधेश प्रदेशमा १०, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा ६, लुम्बिनी प्रदेशमा १२, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा ५ शिक्षण संस्था छन् ।

यसअघि सीटीईभीटीले आयोगसँग परामर्श नै नगरी आफूखुसी भर्ना खुला र शुल्क समेत तोकेको थियो । त्यसपछि आयोगले पत्र काट्दै चिकित्सा शिक्षा ऐन अनुसार काम अगाडि बढाउनका अनुरोध गरेको थियो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal