(Sunday , 12 May,2024)

पाँच घन्टापछि बुद्धनगरको ज्ञाननिकेतन स्कुलबाट भैंसीलाई नियन्त्रणमा लिइयो 

NepalNewsLine

NepalNewsLine

६ भाद्र, काठमाडौँ - नयाँ बानेश्वर क्षेत्रमा आतंक मच्चाएको भैंसी पाँच घन्टापछि नियन्त्रणमा आएको छ।

बुधबार बिहान ६ बजे एक्कासी बुद्धनगर क्षेत्रको सडकमा आएर आतंक मच्चाएको भैंसीलाई डार्ट गरेर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोध ढुंगेलले जानकारी दिए।

डार्ट गर्नका लागि वन कार्यालय स्युचाटारबाट टोली बोलाइएको थियो। ‘टोलीले डार्ट गरेर भैंसी नियन्त्रणमा लिइसकेको छ,’  ढुंगेलले भने।

भैंसी कहाँबाट सडकमा आयो भन्नेबारे प्रहरीले जानकारी पाएको छैन। 

बुद्धनगरको सडकमा आएको भैंसी नियन्त्रणमा लिन प्रहरी वृत्त बानेश्वरको टोली खटिएका थियो। प्रहरीले  नियन्त्रणमा लिन नसकेपछि सशस्त्र प्रहरीको टोली पनि परिचालन गरिएको थियो।

भैंसी बुद्धनगर, ढुंगेधारा हुँदै शंखमुल पुगेपछि ज्ञान निकेतन स्कुलको कम्पाउन्डमा पुगेपछि नियन्त्रणमा लिइएको हो।

स्कुलको कम्पाउन्डभित्र प्रवेश गरेपछि यताउति जान नदिन छेकबार गरिएको थियो। त्यहाँ ३०/४० जना सुरक्षाकर्मी रुँगेर बसेका थिए।

पछि वन कार्यालयबाट टोलीले डार्ट प्रहार गरे पनि नियन्त्रणमा लिन मुस्किल परेको थियो। 

मार्न खोजिएको भैंसी ज्यान बचाएर भागेको प्रहरीको अनुमान छ। उसको एउटा सिङ भाँचिएको छ।

भैंसीको आक्रमणबाट ढुंगेधारमा एक महिला घाइते भएकी छन् भने २ वटा कारमा क्षति पुगेको एसपी ढुंगेलले जानकारी दिए।

भैंसी कहाँबाट आयो भन्ने कुरा बुझ्ने प्रयास भइरहेको उनले बताए।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal