(Sunday , 12 May,2024)

मन्त्री किरातीका बुवालाई प्रधानमन्त्रीबाट श्रद्धाञ्जली

author

Anonymous

६ भदौं, काठमाडौं । प्रधानमन्त्री प्रचण्डसहित मन्त्रीहरूले सँस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीका बुवालाई श्रद्धाञ्जली अर्पण गरेका छन् ।

मन्त्री निवास पुलचोक पुगेर प्रधानमन्त्री प्रचण्ड, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, सञ्चारमन्त्री रेखा शर्मा, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, भूमि सुधारमन्त्री रञ्जिता श्रेष्ठलगायतले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

श्रद्धाञ्जलीपछि शवलाई हेलिकप्टरमार्फल गृहजिल्ला भोजपुर लैजाने तयारी छ । बुवाकै इच्छा अनुसार गाउँमै अन्त्येष्टि गर्न लागिएको मन्त्री किरातीको सचिवालयले जनाएको छ । तर, पानी परिरहेकोले शव गाउँ लैजान ढिला भइरहेको छ ।

मन्त्री किरातीका बुवा हर्कबहादुर राईको आज बिहान काठमाडौंको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
उनी लामो समयदेखि प्यारालाइसिस सम्बन्धी समस्याबाट पीडित थिए ।
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal