(Sunday , 12 May,2024)

नक्कली भूटानी शरणार्थी प्रकरणमा पनि छानबिन समिति बनाउन माग

author

Anonymous

काठमाडौँ । राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनका लागि पनि समिति गठन गर्नुपर्ने माग गरेका छन् । 

सुन तस्करभन्दा पनि ठूलो लज्जाको विषय बनेको नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनबारे सरकार र राजनीतिक दलहरु किन चुपचाप रु रहेको भनि उनले प्रश्न समेत गरे । मंगलवार राष्ट्रिय सभा बैठकमा बोल्दै  सांसद देवकोटाले सुन तस्करी वा अन्य छानबिन समिति बनाउँदा संसदीय छानबिन समिति बनाउनु सवैभन्दा उपयुक्त हुने बताए ।  

‘सत्तापक्ष र विपक्ष दलकाबीच सुन तस्करी सम्बन्धी उच्चस्तरीय छानबिन समिति बनाउने भन्ने जुन सहमति भएको छ । एयरपोर्टजस्तो संवेदनशील स्थानबाट क्वीन्टलका क्वीन्टल सुन तस्करी हुनु राष्ट्रिय, अन्तर्राष्ट्रिय लज्जाको विषय थियो, छ । तर यो भन्दा पनि लज्जाको विषय नक्कली भुटानी शरणार्थी सम्बन्धी विषय हो’, उनले भने, ‘तर यसमा दलहरु किन बोल्दैनन्, किन चुपचाप छन् रु यसको पनि छानबिन समिति बनाइयोस् ।’

बहालवाला वा निवृत्त न्यायाधीश वा अन्य कुनै नागरिकको संयोजकत्वमा संसद् भन्दा बाहिरको व्यक्ति राखेर बनाइएको छानबिन समिति भन्दा सार्वभौमसत्ता सम्पन्न संसद्को समिति बनाउँदा बढी विश्वासयोग्य हुने भन्दै उनले यसमा दलहरुले ध्यान दिनुपर्ने बताए । 

संसद् जनताको विश्वासयोग्य र भरोसायोग्य थलो भएकोले कुनै पनि प्रकारको छानबिन गर्नका लागि संसदीय समिति बनाउनुपर्ने सांसद देवकोटाको भनाई छ । 

उनले सत्तापक्ष र प्रतिपक्ष दुवै मिलेर संसद् बैठक अवरुद्ध पारेको आरोप लगाउँदै आक्रोश समेत व्यक्त गरे ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal