(Sunday , 12 May,2024)

सशस्त्र प्रहरीका एसपी थपलियाको निधन

NepalNewsLine

NepalNewsLine

२ भाद्र, काठमाडौं - सशस्त्र प्रहरी बल (एपीएफ) का एसपी सुमन थपलियाको निधन भएको छ।

१३ नम्बर गण पर्साका प्रमुख थपलिया अचानक ढलेपछि तत्कालै अस्पताल पुर्‍याएको थियो। दिउँसो १ बजे उनलाई मृत घोषणा गरिएको एपीएफ मुख्यालयले जनाएको छ।

उनले २०६० सालमा इन्सपेक्टरबाट सरकारी सेवा सुरु गरेका थिए। हृदयघातको कारण निधन भएको हुन सक्ने मुख्यालयले जनाएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal