(Saturday , 11 May,2024)

प्रधानमन्त्री दाहालद्वारा सहिद यादवप्रति श्रद्धाञ्जली अर्पण

author

Anonymous

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहिद रामवृक्ष यादवप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले यादवको फोटोमा माल्यार्पण गर्नुका साथै श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

गीतकार एवं गायक यादव तत्कालीन नेकपा माओवादीका प्रभावशाली नेता थिए । उनलाई जनयुद्ध आरम्भताका नै तत्कालीन शाही सेना र प्रहरीले योजनाबद्ध ढङ्गले हत्या गरेको आरोप छ । 

धनुषाको गाविस बरमझिया–६ का मध्यम किसान परिवारका पिता रामलखन यादव र आमा सम्पत्तिदेवी यादवको कोखबाट वि।सं। २००३ सालमा प्रथम पुत्रको रूपमा यादवको जन्म भएको थियो ।
 २०२२ सालमा मेट्रिक पास गरी आफ्नै गाउँ बरमझियाको प्राथमिक विद्यालयमा शिक्षण पेसामा लागेका उनले प्रमाणपत्र तहसम्म उत्तीर्ण हुने अवसर पाएका थिए । विद्यार्थी जीवनदेखि नै समाज सेवाप्रति चाख राख्ने उनी शिक्षण जीवनमा आफ्नो जिम्मेवारीप्रति बफादार रही समाजका गरिब गुरुवाहरूप्रति गहिरो सहानुभूति राख्दै उनीहरूलाई उनका हक अधिकारबारे वैचारिक ज्ञान प्रदान गर्थे ।

जनताका विविध समस्याहरूको विरोधमा स्थानीय सङ्घर्ष चलाइरहेका उनले धेरै पटक जेल जीवन बाध्य भएका थिए ।  २०४५ सालको किसान आन्दोलनमा उनले सक्रिय भूमिका खेलेकाले २०४६ जेठमा गिरफ्तार भई लगातार तीन वर्ष जेल जीवन बिताए । 
   
पार्टी केन्द्रीय समितिको आह्वानमा भएको २०५१ भदौ १ गतेको नेपाल बन्द कार्यक्रमलाई आफ्नो कार्यक्षेत्र जनकपुरमा सफल पारी भोलिपल्ट घर फर्कने क्रममा २०५१ साल भदौ २ गतेका दिन ‘सबैला’ भन्ने ठाउँमा यादवको हत्या गरिएको थियो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal