(Saturday , 11 May,2024)

 मतगणना विवादमा रहेका झलनाथदेखि उमाशंकर अरगरियासम्मका मुद्दा हेर्न नभ्याइनेमा

NepalNewsLine

NepalNewsLine

३१ साउन, काठमाडौं - ९ महिनाअघि सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना तथा मतदानमा धाँधली भएको भन्दै परेका १६ वटा रिट निवेदनमाथिको सुनुवाइ सर्वोच्च अदालतको संवैधानिक इजलासले हेर्न नभ्याइनेमा पारेको छ ।

निकै लामो समयपछि दोहोर्‍याइ मतगणना गरी पाउँ भनी दिएका रिट निवेदन र पुनः मतदानको माग गर्दै परेका रिटमाथिको सुनुवाइ बुधबारको संवैधानिक इजलासमा तोकिएको थियो ।

एमाले उपाध्यक्ष सुवास नेम्वाङसँग पराजित भएका कांग्रेसका डम्बर खड्काको तर्फबाट उनका वकिलले स्थगित गराएबाहेक अरु सबै रिटमाथिको सुनुवाइ हेर्न नभ्याइनेमा परेको हो ।

प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठको अध्यक्षताको संवैधानिक परिषदमा न्यायाीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउत छन् ।

आजको पेशीमा एमालेका धनुषा २ बाट पराजित उमाशंकर अरगरिया, पर्साका कांग्रेस उम्मेवार सुरेन्द्र चौधरी, धनुषाका कांग्रेस उम्मेदवार महेन्द्र यादव लगायतको पुनःगणनाको रिट थियो ।

त्यस्तै नेकपा एसका नेता झलनाथ खनाल, एमालेका कर्णबहादुर थापालगायतले निर्वाचन बदर गरी पुनः निर्वाचन गरिपाऊँ भन्ने रिटमाथिको सुनुवाइ पनि हेर्न नभ्याइनेमा परेको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal