(Saturday , 11 May,2024)

तस्करीको सुन गालेर सकियो, केहीबेरमा तौल सार्वजनिक गरिने

NepalNewsLine

NepalNewsLine

२९ साउन, काठमाडौं - मोटरसाइकलको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको तस्करीको सुन गाल्ने कार्य सकिएको छ ।

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गालिएको हो ।

गालिएपछिको सुनको तौल २ घण्टापछि सार्वजनिक गरिने महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए । मंगलबार बिहान साढे १० बजेबाट सुन गाल्न सुरू गरिएको थियो ।

यसअघि हिजो ब्रेक सुबाट सुन छुट्याउने काम भएको थियो । यसरी छुट्याइएको सुन ६० किलो सात सय ८९ ग्राम तौल रहेको छ । गालेपछि सुनको मात्रा अझै घट्नसक्ने अनुमान छ । 

सुन गाल्ने काम सकिएपछि त्यसको गुणस्तर र आर्थिक परीक्षणको काम थालिने आचार्यले बताए । त्यसका लागि केही दिन लाग्नेछ । त्यसपछि मात्रै सुनको वास्तविक तौल कति छ र कुन गुणस्तरको हो भनेर पत्ता महाशाखाका अधिकारीले बताएका छन् ।

भन्सार जाँचपास भएर सिनामंगलको रोडमा निकालिएको सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । सुनसहितको ब्रेक सु १५५ किलो बरामद गरिएको सार्वजनिक गरिएको थियो ।

सुन तस्बरी प्रकरणको अनुसन्धानको जिम्मा राजस्व अनुसन्धान विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० लाई सुम्पिएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal