(Saturday , 11 May,2024)

काठमाडौंको भोटाहिटीमा आगलागी

NepalNewsLine

NepalNewsLine

२५ साउन, काठमाडौं - काठमाडौंको भोटाहिटीस्थित एक घरमा आगलागी भएको छ ।

बिहीबार राति सुरु भएको आगलागी निभाउन काठमाडौं महानगरपालिका, ललितपुर महागरपालिकालगायतका दमकल पुगेका छन् ।

भोटाहिटीमा नेपाल प्रहरीको साइबर ब्यूरोको पछाडिपट्टी राकेश श्रेष्ठको घरको तेस्रो तलामा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोद ढुंगेलले बताए ।

उनका अनुसार कपडा र भाँडाकुँडा राखिएको ठाउँमा आगलागी भएको हो ।

दमकलले आगो निभाउने प्रयास गरिरहेको प्रहरीले जनाएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal