(Sunday , 24 November,2024)

काठमाडौं मेडिकल कलेजमा विद्यार्थीको प्रदर्शन, सरकारले तोकेको भन्दा बढी शुल्क फिर्ताको माग

author

Anonymous

९ साउन, काठमाडौं । सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै काठमाडौं मेडिकल कलेजको २१ औं ब्याचका विद्यार्थीले आन्दोलन थालेका छन् ।

बढी शुल्क फिर्ताको माग गर्दै विद्यार्थीले आज पनि कलेज अगाडि प्रदर्शन गरेका छन् । उनीहरुले ‘विद्यार्थी शोषण बन्द गर’, ‘अतिरिक्त शुल्क लिन पाइँदैन’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।

एमबीबीसीएस पढ्ने विद्यार्थीका लागि सरकारले ३८ लाख ५० हजार रुपैयाँ शुल्क तोकिदिए पनि काठमाडौं मेडिकल कलेजले ४९ लाख रुपैयाँ लिएको विद्यार्थीको भनाइ छ । त्यसमध्ये ५ लाख रुपैयाँ मात्र फिर्ता दिएको र बाँकी रकम पनि फिर्ता माग्दा कलेज प्रशासनले धम्क्याउने गरेको उनीहरुको गुनासो छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal