(Sunday , 12 May,2024)

ललितानिवास प्रकरण : पक्राउ परे दुई नक्कली मोही

NepalNewsLine

NepalNewsLine

८ साउन, काठमाडौं - बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हडपेको प्रकरणमा नक्कली मोही खडा गरिएका दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सञ्जय महर्जन र सकुलानन्द महर्जन रहेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसएसपी दिनेश आचार्यले  बताए । उनीहरुलाई सोमबार पक्राउ गरेर ब्यूरोको महाराजगञ्जस्थित कार्यालयमा ल्याइएको उनले बताए ।

उनका अनुसार, उनीहरु ११२ रोपनी जग्गा र नक्कली टिकिंछा गुठीको नाममा जग्गा हडपिएको प्रकरणमा नक्कली मोही बनाइएका थिए । सीआईबीले आइतबार मात्रै नापी विभागका पूर्वकर्मचारी अरुणकुमारलाई यो प्रकरणमा पक्राउ गरेको थियो ।

हाल यसमा संलगन १९ जना प्रहरी हिरासतमा छन् । सीआईबीले ठगी र संगठित अपराधको कसूर अन्तरगत यो मामलामा अनुसन्धान गरिरहेको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal