(Saturday , 11 May,2024)

बैतडीमा पहिरोले घर पुरिँदा आमाछोराको मृत्यु

NepalNewsLine

NepalNewsLine

बैतडीमा पहिरोले घर पुरिँदा आमा–छोराको मृत्यु भएको छ । पुर्चौडी नगरपालिका–२ को भैरु टोलमा घर पुरिँदा २५ वर्षीय अञ्जु जागरी र उनका छोरा ५ वर्षीय रिजनको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।

मृतक अञ्जुका सासुआमा ४५ वर्षीया राइमती र देवर १७ वर्षीय गोब्बर जागरी घाइते छन् । सोही घरमा पाहुना बस्न आएकी छिमेकी ६० वर्षीय जस्मा बोहरा पनि घाइते भएकी छन् । मृतक अञ्जुका श्रीमान भने रोजगारीको सिलसिलामा भारतमा छन् ।

स्थानीयका अनुसार घरमा पूर्ण क्षति पुगेको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal