(Saturday , 11 May,2024)

देशका विभिन्न ठाउँमा ५ जना मृतावस्थामा फेला

NepalNewsLine

NepalNewsLine

२३ असार, काठमाडौं - देशका विभिन्न स्थानमा ५ जना मृतावस्थामा फेला परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षाका अनुसार कास्कीको रूपा गाउँपालिका-३ चिनढुङ्गामा सोही गाउँपालिका-७ बृदिखोला सिचाई आयोजनामा काम गर्ने दाङ दुबिचौर घर भएका ४५ वर्षीय दिपेश पुन मृतावस्थामा फेला परेका छन् ।

यसैगरी धनकुटाको महालक्ष्मी नगरपालिका(४ चानुवा बगर बस्ने ८८ वर्षीय जय बहादुर भण्डारी पनि सोही नगरपालिका-४ स्थित खेतमा मृत अवस्थामा फेला परेका छन् ।
    
यसैगरी मुस्ताङको लोमान्थाङ गाउँपालिका-५ स्थित लोमान्थाङमा खोलाको काठेपुलमुनी चितवन माडी नगरपालिका-९ गणेशकुञ्ज बस्ने ४२ वर्षीय याम बहादुर गिरी शनिबार मृत अवस्थामा फेला परेका छन् ।

हुम्लाको नाम्खा गाउँपालिका-५ नारालेकमा पनि हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरूष मृत अवस्थामा फेला परेका छन् ।

 यसैबीच लमजुङ, मध्यनेपाल नगरपालिका-७ रामबजारस्थित खहरे प्रतिक्षालयमा एक व्यक्ति मृत फेला परेका छन् ।  

हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरूष मृत अवस्थामा फेला परेका हुन् ।  

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको समाचार कक्षले जनाएको छ ।
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal