(Sunday , 12 May,2024)

 साढे २८ किलो गन्धकसहित १ जना पक्राउ 

NepalNewsLine

NepalNewsLine

२२ असार, कैलाली - कैलाली जिल्लाको कैलारी गाउँपालिका ३ खोनपुरस्थित सीमा ईलाकाबाट बिहीबार सशस्त्र प्रहरीले साढे २८ किलो विष्फोटक पदार्थमा प्रयोग हुने गन्धकसहित एक जनालाई पक्राउ गरेको छ ।

भारत घर बताउने ४२ वर्षीय शिवा गुप्तालाई गन्धकसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

साईकलमा राखेर भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त गन्धकसहित उनलाई प्रस्तावित सीमा सुरक्षा गुल्म खोनपुरले नियन्त्रणमा लिएको हो ।

चेकजाँचका क्रममा गुप्ताले सुरूमा झोलामा आलु, प्याज रहेको भन्दै भाग्ने प्रयास गरेका थिए ।

तर शंकास्पद अवस्थामा देखिएका गुप्तालाई नियन्त्रणमा लिएर जाँच गर्ने क्रममा गन्धक बरामद भएको हो ।

नियन्त्रणमा लिइएका गुप्तालाई बरामद गन्धक तथा साईकलसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय हसुलियामा बुझाइएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal