(Saturday , 11 May,2024)

घट्यो हवाई भाडादर, काठमाडौं-नेपालगन्जको कति ?

NepalNewsLine

NepalNewsLine

नेपालगन्ज । हवाई इन्धनको मूल्य घटेपछी  नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडादर घटाएको छ। 

नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरि पेट्रोल, डिजेल र मट्टितेलको मूल्यसँगै हवाई इन्धनको मूल्य घटाएपछि  प्राधिकरणले हवाई भाडा घटाएको हो।

हवाई भाडा घटाएपछि काठमाडौं-नेपालगन्जको भाडादर ४४३५ भएको छ। यसअघि ४८९०  रुपैयाँ रहेकोमा ४५५ रुपैयाँ घट्दै ४४३५ रुपैयाँ कायम भएको हो।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal