(Sunday , 12 May,2024)

ललितानिवास प्रकरण : थप दुई जना पक्राउ

NepalNewsLine

NepalNewsLine

१८ असार, काठमाडौं - बालुवाटारस्थित ललितानिवासको जग्गा हडपेको प्रकरणमा अनुसन्धान गर्न प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले समरजंग कम्पनीका पूर्वअधिकृत रमेशकुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जनलाई काठमाडौंबाट पक्राउ गरेको सीआईबीकी निर्देशक एआईजी किरण बज्रचार्यले पुष्टि गरिन् ।

सीआईबीले आइतबार ललितानिवास जग्गा प्रकरणकै अनुसन्धानका लागि तीन जनालाई पक्राउ गरेको थियो ।

त्यसअघि ७ जनालाई पक्राउ गरेकामा सर्वोच्च अदालतबाट पहिल्यै निषेधाज्ञाको आदेश लिएका तीन जना छुटेका थिए । यो प्रकरणमा हालसम्म ९ जना ब्यूरोको हिरासतमा छन् ।

ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा गर्ने अनियमिततामा सरकारी कागजात किर्ते गरेको आरोपमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal