(Sunday , 12 May,2024)

 बेनी–जोमसोम सडक खण्ड पहिरोका कारण अवरुद्ध

NepalNewsLine

NepalNewsLine

 १६ असार, म्याग्दी -  मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक खण्ड अवरुद्ध भएको छ । 

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरी र अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा खसेको पहिरोका कारण बेनी–जोमसोम सडक खण्ड आज बिहानदेखि अवरुद्ध भएको हो । 

सडक अवरुद्ध हुँदा बेनीबाट मुस्ताङतर्फ र मुस्ताङबाट म्याग्दी हुँदै देशका विभिन्न ठाउँका लागि छुटेका गाडी बीच बाटोमै रोकिएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजेन्द्र पौडेलले बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको घुमाउने भिरमा पहिरो खस्दा बेनी–दरबाङ सडक पनि अवरुद्ध भएको जानकारी दिनुभएको छ । 

यो सडकले बेनी–दरबाङ म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोडेको छ । 

बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले निरन्तरको झरी र पहिरो नरोकिएकाले सडक खुलाउन समस्या भएको बताउनुभयो । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal