(Sunday , 12 May,2024)

नारायणगढ(मुग्लिन सडक खण्डको पहिरो पन्छाइयो

NepalNewsLine

NepalNewsLine

शनिबार बिहानै खसेको पहिरोले अवरुद्ध बनेको नारायणगढ(मुग्लिन सडक खण्डको पहिरो पन्छाइएको छ ।

डिभिजन सडक कार्यालय भरतपुरका अनुसार आज बिहान तुईन खोलामा खसेको पहिरोले अवरुद्ध मुग्लिन नारायणगढ सडक खण्ड सडक डिभिजन भरतपुरको मेशिनले हटाई मात्र दुईतर्फी संचालनमा ल्याएको छ । सडक खुलेपनि माथिबाट ढुंगा झर्न नरोकिएकोले सवारि साधन सावधानीका साथ चलाउन कार्यालयले अनुरोध गरेको छ ।

कार्यालयले पहिरो झरि सडक अबरुद्ध भईरहने हुनाले उक्त स्थानमा अपरेटर सहितको मेशिन तैनाथ राखेको छ भने बाटोको अवस्था हेरि सुरक्षित यात्रा गर्न सबैलाई अनुरोध पनि गरेको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal